“सेवा नै धर्म हो” बिनोद खत्रीको कृत्रिम खुट्टा राख्ने उपचारका लागि,आर्थिक सहयोगको लागि हार्दिक अपिल 🙏

imagesimages

“सेवा नै धर्म हो” बिनोद खत्रीकोकृत्रिम खुट्टा राख्ने उपचारका लागि , आर्थिक सहयोगको लागि हार्दिक अपिल 🙏

“सेवा नै धर्म हो” बिनोद खत्रीको कृत्रिम खुट्टा राख्ने उपचारका लागि सहयोगको अपील

अर्घाखाँची – सन्धिखर्क–२, कुर उजेल्टि निवासी २८ वर्षीय बिनोद खत्री हाल आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको सामना गर्दै हुनुहुन्छ। एक वर्षअघि काम गर्ने क्रममा अचानक सल्लाको मुडाले खुट्टामा गम्भीर चोट पुगेपछि उनको जीवन जटिल अवस्थामा पुगेको छ।

चोट लागेपछि सुरुमा बिनोदलाई बुटवल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट उनको उपचारको क्रममा धेरै अप्रेसन भए पनि समस्या पूर्ण रूपमा समाधान भएन। त्यसपछि उनलाई भैरवा मेडिकल कलेजमा दुई महिना उपचार गरियो, जहाँ धेरै चोटि अप्रेसन गर्दा ठूलो रकम खर्च भइसकेको थियो।

तर, उपचारले अपेक्षित परिणाम नदिएकाले उनलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिनुपरेको थियो। यहाँ पाँच महिना उपचार गर्दा पनि खुट्टाको अवस्था अझै जटिल छ। अब किर्तिम खुट्टा राख्ने ठूलो रकम आवश्यक भएको छ।

बिनोदको परिवार आर्थिक रूपमा कमजोर छ। उनका पिता काम गर्न असमर्थ हुनुहुन्छ भने मन्द अवस्था भएका परिवारको आधारमा अब आफ्नै आम्दानीबाट उपचार खर्च जुटाउन सकिँदैन। यसैले उनको जीवनमा नयाँ आशा र स्वतन्त्रता दिन हामी सबैको सहयोग आवश्यक छ।

यस कठिन परिस्थितिमा अर्घाखाँची बुलेटिनका म्यानेजिङ डाइरेक्टर युवराज थापा, अनिल भुसाल र अन्य समाजसेवीहरूको पहलमा आर्थिक सहयोग उठाइएको छ। अब बाँकी रकम जुटाउन सहयोगी, शुभेच्छुक, साथीभाइ, दिदीबहिनी, आफन्त र समाजका दयालु मनहरूलाई अपील गरिएको छ।

बिनोद आफैं पनि आफ्नो जीवनमा पुनः आत्मनिर्भर बन्न, सानो काम गर्न र सामाजिक जीवनमा फर्कन चाहन्छन्। तर किर्तिम खुट्टा राख्ने खर्च बिना यो सम्भव छैन। हाम्रो सानो सहयोगले उनको जीवनमा उज्यालो दिन सक्छ।

थप विवरण :

🙏 हाम्रो सानो सहयोगले बिनोदको जीवनमा उज्यालो दिन सक्छ।
💖 तपाईंको योगदानले बिनोद पुनः आत्मनिर्भर बन्न सक्नेछन्।
💌 बैंक खाता/QR CODE मार्फत सहयोग गर्नुहोस्।
🌟 कृपया यो अपील सेयर गर्नुहोस् र मानवताको संदेश फैलाउनुहोस्।

बैंक विवरण (सहयोगका लागि)

  • खाता धनी: बिनोद खत्री

  • बैंकको नाम: Mahalaxmi Bikash Bank Ltd

  • बैंक खाता नम्बर: 09512100785243000001

  • शाखा: Shankhamul Branch

  • सम्पर्क नम्बर: 9867774609

नोट: कृपया खाता मार्फत पठाइएको रकमको slip inbox मा पठाउन हार्दिक अनुरोध छ।

May be an image of one or more people, people smiling and hospitalMay be an image of ‎text that says "‎12:27 PM ص Scan Or Share Scan Share BinodKhatri Binod Khatri Mahalaxmi Normal Saving Account 09512100785243000001 PRIMARY महानल्मी वबिकाल इैक ਜਿ् নि. Mahalaxmi Bikas Bank Ltd. You will be sharing the following information. 1. Full Name 2. Bank Name 3. Bank Account Number‎"‎May be an image of temple

Nepal life insurance