



-अर्घाखाँची डटकम ।
अर्घाखाँची – सन्धिखर्क–२ निवासी २२ वर्षीय बिनोद खत्री हाल कृत्रिम खुट्टा राख्ने उपचारका लागि आर्थिक सहयोगको अभावमा समस्यामा छन्। एक वर्ष अघि काम गर्ने क्रममा खुट्टामा गम्भीर चोट लागेपछि उनको उपचार अत्यन्त महँगो भएको थियो।

भैरवा मेडिकल कलेज र काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको उपचारले परिवारको आर्थिक अवस्था निकै कमजोर बनाएको छ।


यस कठिन परिस्थितिमा अर्घाखाँची डटकम ले बिनोदको लागि आर्थिक सहयोग अपील प्रकाशित गरेको थियो। प्रकाशन भएको मात्र २५ मिनेटमै, अष्ट्रेलियामा अध्ययन र कामको सिलसिलामा रहेकी सुप्रिया भट्टराई, जो अर्घाखाँची जिल्ला, भूमिकास्थान नगरपालिका, धिकुरा–९ की निवासी हुन्, सक्रिय भइन्। उनले १०,००० नेपाली रुपैयाँ सहयोग पठाइन्।


QR को माध्यमबाट पठाइएको रकम बिनोदको खातामा पुगेको छ र प्राप्त भौचर अर्घाखाँची डटकम लाई पनि पठाइएको छ। सुप्रिया भट्टराईले भनिन्,
“बिनोदको पीडा देख्दा मेरो हृदयले तुरुन्त सहयोग गर्नुपर्ने महसुस गर्यो। हामी परदेशमा भए पनि आफ्नो मातृभूमिका पीडितका लागि सहयोग गर्न सकिन्छ।”
यस घटनाले प्रमाणित गरेको छ कि सहयोग गर्ने इच्छा शक्ति भए भूगोल जहाँ भए नि सहयोग गर्न सकिन्छ, तत्काल सहयोग जुटाउन सकिन्छ, र विदेशमा रहेका नेपालीहरू पनि तुरुन्तै सक्रिय हुन सक्ने क्षमता राख्छन्।

स्थानीय र विदेशी सहयोगीहरूको योगदान अत्यन्तै सराहनीय छ। अर्घाखाँची डटकम परिवारले सबैलाई धन्यवाद व्यक्त गर्दै, सबै नेपालीमा समानुभूति र सहयोगको भावना फैलाउन अपील गरेको छ।

साना सहयोगहरूले पनि जीवन बचाउन ठूलो प्रभाव पार्न सक्छ। तपाईंको सहयोगले बिनोद जस्ता पीडितको जीवन उज्यालो बनाउन सक्नेछ।
यस्तो छ बिनोद खत्री लाइ अष्ट्रेलिया बाट सुप्रियाले गरेको सहयोग बिबरण :
QR को माध्यमबाट अष्ट्रेलियामा अध्ययन र कामको सिलसिलामा रहेकी सुप्रिया भट्टराईले पठाइएको रकम बिनोदको खातामा पुगेको छ र प्राप्त भौचर:

यस्तो थियो सहयोग अपिल समन्धमा प्रकाशित अपिल तथा समाचार लिंकमा: –
“सेवा नै धर्म हो” बिनोद खत्रीकोकृत्रिम खुट्टा राख्ने उपचारका लागि , आर्थिक सहयोगको लागि हार्दिक अपिल 🙏 https://www.arghakhanchi.com/2026/01/02/162918/






