रास्वपा समानुपातिक विवाद: त्रिशला, आसिफपछि सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी

imagesimages

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फको बन्दसूचीमा रहेका सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

ढकाललाई रास्वपाबाट समानुपातिकको बन्दसूची राखिएपछि सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भएको थियो । व्यवसायी चन्द्र ढकालका छोरा सचिन हाल एफसी चितवनका अध्यक्ष हुन् ।

Nepal life insurance

सचिनले आफ्नो उम्मेदवारी फिर्ता लिदै भनेका छन्- ‘उद्यमशीलताको प्रवर्द्धन मार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरेरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’

रास्वपाको समानुपातिक सूचीको चर्को आलोचना भएपछि उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिन लागेका छन्  । यसअघि  गायिका डा. त्रिशला गुरुङ र आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

 

Nepal life insurance