एनभीए भलिबल च्याम्पियनसिप: पुरुषतर्फको उपाधि हेल्प नेपालले जित्यो

imagesimages

 

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालको यो लगातार तेस्रो उपाधि हो ।

Nepal life insurance

यसअघि महिला तर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको थियो । महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउदै न्यू डाइमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको हो ।

 

Nepal life insurance