



-केशब पन्थी ,अर्घाखाँची डटकम।
अर्घाखाँची, सन्धिखर्क–१ तुम्कोट – बाल आधारभूत विद्यालयमा आज अभिभावक, शिक्षक, स्थानीय बुद्धिजीवी र सरोकारवालाहरूको सक्रिय सहभागितामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट गठन भएको समितिको अध्यक्षमा लक्ष्मण पराजुली चयन भएका छन्।

सदस्यहरूमा बसन्त श्रेष्ठ, सीता नेपाली, उमा भुसाल, शर्मिला नेपाली र मनोनित सदस्य सीता बी.के. रहेका छन्। शिक्षक प्रतिनिधिका रूपमा सुनिता श्रेष्ठ, वडा प्रतिनिधि र प्रधानाध्यापक विष्णु प्रसाद खनाल पदेन सदस्य रहँदैछन्।

भेलामा सबै सहभागीले शैक्षिक गुणस्तर सुधार, बालमैत्री वातावरण निर्माण, शिक्षक–अभिभावक समन्वय, र दीर्घकालीन विकास योजना को आवश्यकतामा जोड दिएका थिए।

नयाँ अध्यक्ष पराजुलीले समितिले जिम्मेवारीपूर्वक काम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
थप तस्बिर :








