अर्घाखाँची: जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौरको ४२औँ वार्षिक उत्सव मनाइयो (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–२०,अर्घाखाँची – जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौरको ४२औँ वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा विद्यार्थिबाट सांस्कृतिक कार्यक्रम, वार्षिक नतिजामा उत्कृष्ट र खेलप्रतिभा पुरस्कार वितरण गरिएको छ ।

May be an image of text that says "XLX मसवेको इच्छा, सभ्य्ता संस्कार सहितक स्था: आधारभूत नेपाल वि्ालाय श्री जमदा ခု0ရ सन्न्धिखर्क नगरपालिका वडा नं. τ नेपालीचीर औं अर्घाखंची 82 वार्षिकी ኒስ व तथा अभिभावक दिवस १७ पौष, २०८२ UL Lut 降 อต मरधाशोंन 尾 সবਲ"

बिहिबार कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रवक्ता मोतिजंग रायमाझीले जनता आधारभुत विद्यालय सामुदायिक तर्फ प्रा.वि.तहमा सन्धिखर्क मात्र नभइ अर्घाखाँचीमै नमुना रहेकोले यसको सिको सबैले गर्नुपर्ने बताउनुभएको छ ।

May be an image of text

सन्धिखर्क–२ का वडाध्यक्ष समेत रहनुभएका प्रवक्ता रायमाझीले देश र समाज कस्तो बनाउने भन्ने शिक्षाले निर्भर गर्ने भन्दै ब्यबहारिक र नैतिक शिक्षाको खाँचो औल्याउनुभएको छ ।

May be an image of one or more people

कार्यक्रममा सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, अक्षयकोषदाता गोमा सापकोटा रेग्मी, पत्रकार गोपाल प्रसाद भट्टराई र पूर्व शिक्षक शालिकबाबु पोख्रेलले सम्बोधन गर्नुभएको थियो ।

No photo description available.

जहाँ विद्यार्थि त्यहाँ शिक्षकको व्यवस्थापन, शिक्षाको गुणस्तरिय परिणामको निम्ती सरोकारवाला सबैको एकता, सक्रियता र जिम्मेवारिको खाँचो हुने उहाँहरुको भनाई छ ।

No photo description available.

वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक बिमला पोख्रेलको स्वागत मन्तव्य र शिक्षक केशवराज पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानध्यापक गिता वेल्वासेले विद्यालयको आय–व्यय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of one or more people

विद्यालयका संस्थापक, पूर्व वि.व्य.स.पदाधिकारी, पिटिए, पूर्व पिटिएका पदाधिकारी, शिक्षक, पूर्व शिक्षक र अभिभावकको उल्लेखनिय सहभागितामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताले विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापकको कडा परिश्रमले स्कुल सुन्दर बनेको भन्दै धन्यावाद दिएका छन् ।

May be an image of temple and text

कक्षा नर्सरीदेखि कक्षा ६ सम्म पठनपाठन हुने यो विद्यालयमा अहिले ९० जना विद्यार्थिले अध्ययन गर्दै आइरहेका छन् ।

May be an image of one or more people and text

अंग्रेजी र नेपाली दुवै माध्यमको कक्षा संचालन गरेको स्कुलमा ३ जना निजि स्रोतका शिक्षक रहेकोले नियमित व्यवस्थापन गर्न कठिनाई भइरहेको स्कुलको गुनासो छ।

थप तस्बिर :

May be an image of one or more people and text

No photo description available.

May be an image of one or more people, temple and crowd

May be an image of one or more people, temple and crowd

May be an image of one or more people and text

May be an image of one or more people, temple and text

May be an image of one or more people

 

 

May be an image of one or more people, temple and crowd

May be an image of one or more people

May be an image of one or more people and temple

May be an image of one or more people and crowd

May be an image of one or more people and text

May be an image of one or more people, toy and tree

May be an image of text

Nepal life insurance

अन्य समाचारहरु