



काठमाडौं । नेकपा एमालेले उपध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।


मंगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन् भने सदस्यहरूमा छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन् ।



