



काठमाडौँ । मध्य अफ्रिकी गणतन्त्रका वहालवाला राष्ट्रपति फाउस्टिन–अर्काञ्ज टुआडेराले ७६.१५ प्रतिशत मतका साथ राष्ट्रपति निर्वाचनमा पूर्ण बहुमत हासिल गर्दै विजय प्राप्त गरेका छन् ।
राष्ट्रिय निर्वाचन प्राधिकरण (एएनई) ले सार्वजनिक गरेको नतिजा अनुसार टुआडेराले सो सफलता हात पार्नुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री एनिसिट–जर्जेस डोलोगुएलेले १४.६६ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थान हासिल गर्नुभयो ।


अर्का पूर्वप्रधानमन्त्री हेनरी–मारी डोन्ड्राले ३.१९ प्रतिशत मत प्राप्त गर्नुभयो । नतिजाका आधारमा एएनईका अध्यक्ष मथियास बार्थेलेमी मोरुबाले युनाइटेड हट्र्स मुभमेन्टका उम्मेदवार टुआडेरा गणतन्त्रको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
डिसेम्बर २८, २०२५ मा सम्पन्न भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनको नतिजा अनुसार कूल दर्ता भएका २,३९२,९४६ मतदाता मध्ये १,२५४,३७६ जनाले मतदान गरेका थिए । जसले ५२.४२ प्रतिशत मतदान दर प्रतिनिधित्व गर्दछ। बदर मत ४० हजार २३१ र खाली मत ३९ हजार ३८६ रहेका थिए ।



