



काठमाडौं । इराकले आफ्नो १०५ औं सेना दिवस भव्यताका साथ मनाएको छ । यस अवसरमा आयोजित विशेष समारोहमा इराकी सरकारले देशमा हतियार नियन्त्रणलाई थप सुदृढ बनाउने र अवैध हतियारको प्रयोगलाई निरुत्साहित गर्ने प्रतिवद्धता गरेको छ ।

राजधानी बग्दादमा आयोजित सैनिक परेड र विभिन्न कार्यक्रमहरूमा उच्च पदस्थ अधिकारीहरूले सेनाको वीरताको प्रशंसा गर्दै राष्ट्रिय सुरक्षा र स्थिरता कायम राख्न सुरक्षा बलको भुमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिएका छन् ।



