भेनेजुएलाबाट ३० देखि ५० मिलियन ब्यारेल उच्च गुणस्तरको तेल ल्याउने ट्रम्पको घोषणा

imagesimages

 

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीलाई लागूऔषध-आतंकवाद विरुद्धको अभियानको रूपमा वर्णन गरेपनि अन्तत: उनले भेनेजुएलाको तेलक लागि गरेको खुल्दै गएको छ ।

Nepal life insurance

ट्रम्पका हालैका अभिव्यक्तिहरूले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीको मुख्य कारण तेल रहेको स्पष्ट हुदै गएको छ । ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई बजार मूल्यमा ३० देखि ५० मिलियन ब्यारेल उच्च गुणस्तरको तेल उपलब्ध गराउने बताएका छन् । ट्रम्पले तेल जहाजहरूद्वारा ढुवानी गरिने र सिधै अमेरिकाको अनलोडिङ डकमा ल्याइने पनि बताएका छन् ।

उनले राष्ट्रपतिको रूपमा, कोषमा उनको नियन्त्रण रहने बताए, तर यो भेनेजुएला र अमेरिकी जनताको हितमा प्रयोग गरिने बताए । यसबाहेक, ह्वाइट हाउसले शुक्रबार ओभल अफिसमा तेल कम्पनीका कार्यकारीहरूसँग भेनेजुएला सम्बन्धी बैठक गर्ने भएको छ । एक्सन, शेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।

यसैबीच भेनेजुएलाका अधिकारीहरूले मादुरोमाथिको आक्रमणमा मारिएकाहरूको संख्या घोषणा गरे । यसलाई कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पविरुद्ध गरेको बदलाको रूपमा हेरिएको छ । ट्रम्पले यस हप्ताको सुरुमा यदि अन्तरिम राष्ट्रपति डेल्सीले अमेरिकाको कदममा साथ नदिएमा मादुरो भन्दा खराब अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सीले यसको प्रतिक्रिया दिदै भनेकी छन्- ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई: मेरो भाग्य उनीहरूले होइन, तर भगवानले निर्धारण गर्छन् ।’

भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले काराकसमा सप्ताहन्तमा भएको आक्रमणमा धेरै अधिकारीहरू र नागरिकहरू मारिएको बताएका छन् । उनले यसलाई युद्ध अपराध भन्दै अभियोजकहरूले मृत्युको अनुसन्धान गर्ने बताएका छन् ।

 

#भेनेजुएला #डोनाल्डट्रम्प #अमेरिकीकारबाही #तेलराजनीति #LatinAmerica #GlobalPolitics #OilPolitics #USVenezuela #WorldNews #InternationalAffairs #arghakhanchicom #arghakhanchidotcom

Nepal life insurance