अर्घाखाँची- महिला सशक्तिकरण र सांस्कृतिक संरक्षणको नयाँ पहल: सन्धिखर्क ७ मा १० दिने मादल तालिम सम्पन्न (तस्बिर सहित )

imagesimages

 

-अनिल नेपाली ,अर्घाखाँची डटकम।

सन्धिखर्क – सन्धिखर्क नगरपालिका, वडा नं. ७ महिला सशक्तिकरण र सांस्कृतिक संरक्षणको महत्वलाई मध्यनजर गर्दै, सन्धिखर्क नगरपालिका वडा नं. ७ मा १० दिने मादल तालिम सम्पन्न भएको छ।

May be an image of one or more people and text

वडा कार्यालयले महिला शसक्तिकरणको बजेटमार्फत आयोजना गरेको यस तालिमले महिलाहरूलाई परम्परागत नेपाली बाजा, विशेषगरी मादल बजाउने कला सिकाउने उद्देश्य राखेको थियो।

May be an image of one or more people and text

तालिममा सहभागी विमला केसीले बताइन्, “यो तालिमले हामीलाई मादल बजाउन मात्र होइन, आफ्नो सांस्कृतिक पहिचान जगेर्ना गर्ने अवसर पनि दियो। अब हामी यसलाई आफ्नो पेशा र आम्दानीको माध्यम पनि बनाउन सक्छौं।”

May be an image of one or more people and text

कार्यक्रममा वडा अध्यक्ष चुरा ब केसीले मन्तव्य राख्दै भन्नुभयो, “सूचना र प्रविधिको बढ्दो प्रभावले परम्परागत बाजा र लोकसंगीतमा कम प्रयोग भएको छ। यसै सन्दर्भमा यो तालिम आयोजना गर्नु अत्यन्त सराहनीय छ। हाम्रो उद्देश्य महिलाहरूलाई सिपयुक्त बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सबल बनाउनु हो।”

No photo description available.

उहाँले थप भन्नुभयो, “यो तालिम केवल सिकाइको माध्यम होइन, महिलाहरूलाई व्यवसायिक रूपमा अगाडि बढाउन र स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय बनाउन प्रेरणा दिने प्रयास हो। आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता तालिम सञ्चालन गर्ने हाम्रो योजना छ।”

No photo description available.Nepal life insurance

उपाध्यक्ष मिना ज्ञवालीले तालिमको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “साधारण देखिए पनि यस किसिमका तालिमले महिलाहरूको क्षमता, आत्मविश्वास र सामाजिक योगदान वृद्धि गर्छ। यस्तो तालिमले महिला सशक्तिकरणमा उल्लेखनीय भूमिका खेल्नेछ।”

May be an image of one or more people and temple

तालिमको सञ्चालन वडा सचिव सीता बिसी पराजुलीले गर्नु भएको थियो। कार्यक्रममा वडा सदस्य डुकलाल पोखेल, पुष्पा नेपाली, सबओभरसियर मेगराज पोखेल लगायत समाजसेवी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिले तालिमलाई अझ प्रभावकारी बनाएको थियो।

May be an image of smiling and text

तालिमका सहभागी महिलाहरूले अभ्यासमार्फत मादल बजाउने कला सिकेर स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा योगदान पुर्याउने उत्साह व्यक्त गरेका छन्।

May be an image of one or more people and people smiling

वडा कार्यालयले आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिँदै सांस्कृतिक संरक्षण, महिला सशक्तिकरण र समाजमा सशक्त सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

थप तस्बिर :

May be an image of one or more people and people smiling

May be an image of one or more people, people smiling and tree

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

No photo description available.

May be an image of one or more people and text

No photo description available.

#ArghakhanchiCom #Sandhikhark #WomenEmpowerment #MadalTraining #NepalCulture #SkillDevelopment #LocalNews #EmpoweredWomen #FolkMusic #NepalNews #CommunityDevelopment #TopNews #CulturalPreservation”**

Nepal life insurance