सातौँ अर्घाखाँची महोत्सव २०८२: पुस २७ देखि माघ ११ सम्म भव्य आयोजना हुदै , तयारी अन्तिम चरणमा (तस्बिर सहित )

imagesimages

 

-केशब पन्थी ,अर्घाखाँची डटकम।

अर्घाखाँची । जिल्लाको आर्थिक, सांस्कृतिक र व्यावसायिक पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित आयोजना हुन लागेको सातौँ अर्घाखाँची महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। पुस २७ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुने महोत्सवलाई भव्य, सुरक्षित र व्यवस्थित बनाउन आयोजक संस्था चेम्बर अफ कमर्स अर्घाखाँचीसहित विभिन्न उपसमितिहरू तीव्र गतिमा सक्रिय भएका छन्।

Nepal life insurance

महोत्सवको तयारीबारे जानकारी दिँदै चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक कुमार श्रेष्ठले यसपटकको महोत्सव अघिल्ला संस्करणभन्दा फरक, प्रभावकारी र जिल्लाको पहिचान झल्काउने गरी आयोजना गरिने बताउनुभयो। उहाँका अनुसार महोत्सव स्थल व्यवस्थापन, पूर्वाधार निर्माण, स्टल वर्गीकरण, सांस्कृतिक कार्यक्रमको तालिका, सुरक्षा तथा यातायात व्यवस्थापनमा उल्लेखनीय प्रगति भइसकेको छ।

May be an image of motorcycle, windmill and text

अध्यक्ष श्रेष्ठले महोत्सवको मूल उद्देश्य स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योग, व्यापार, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन रहेको उल्लेख गर्नुभयो। “स्थानीय किसान, उद्यमी र व्यवसायीलाई एउटै थलोमा ल्याएर उत्पादनको बजारीकरण र आर्थिक चलायमानता बढाउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।

No photo description available.

चेम्बर अफ कमर्स अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले महोत्सवलाई व्यवस्थित बनाउन स्टल व्यवस्थापन, सरसफाइ, खानेपानी, पार्किङ, आगन्तुकको आवागमन र सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले महोत्सव अवधिभर सुरक्षाकर्मी, स्वयंसेवक तथा स्वास्थ्यकर्मी परिचालन गरिने बताउनुभयो।

images

May be an image of one or more people

त्यस्तै उपाध्यक्ष बाबुराम पन्थीले महोत्सवले जिल्लाको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। “महोत्सवले स्थानीय व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र पर्यटन विकासमा दीर्घकालीन योगदान पुर्‍याउनेछ,” उहाँले भन्नुभयो।

images

No photo description available.

महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति, कृषि तथा औद्योगिक प्रदर्शनी, बाल उद्यान, मनोरञ्जनात्मक खेलकुद सामग्री, व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू र विविध आकर्षक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।

images

May be an image of grass and tree

आयोजकका अनुसार महोत्सवबाट संकलित आम्दानी जिल्लाका सामाजिक, शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका संरचना निर्माण र जनहितका कार्यमा खर्च गरिनेछ।

May be an image of motorcycle, windmill and text

यसले महोत्सवलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको उदाहरणीय कार्यक्रम बनाउने अपेक्षा गरिएको छ।

Nepal life insurance

May be an image of one or more people

चेम्बर अफ कमर्स अर्घाखाँचीले सम्पूर्ण जिल्लावासी, व्यवसायी, कृषक, युवा, विद्यार्थी तथा सरोकारवाला निकायहरूलाई महोत्सवमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

May be an image of Saqsaywaman

सातौँ अर्घाखाँची महोत्सव २०८२ लाई जिल्लाको आर्थिक समृद्धि, सांस्कृतिक संरक्षण र पहिचान प्रवर्द्धनको साझा उत्सवका रूपमा सफल बनाउने आयोजकको प्रतिबद्धता रहेको छ।

#ArghakhanchiMahotsav2082 #7thArghakhanchiMahotsav #Arghakhanchi #ChamberOfCommerceArghakhanchi #TradeFairNepal #LocalProductPromotion #AgricultureAndIndustry #TourismArghakhanchi #EconomicGrowth #CulturalFestival #NepalMahotsav #arghakhanchicom

Nepal life insurance