



काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

काँग्रेसले दाहालको निधनमा आजदेखि तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
काँग्रेसले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने प्रस्ताव पारित भएको छ ।

दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।
८४ बर्षिय दाहालको गएराती वीर अस्पतालमा निधन भएको थियो ।



