अर्घाखाँची: भौतिकवादको चुनौतीबीच धर्मको मार्गदर्शन: सन्धिखर्कमा वैदिक धर्म गोष्ठी २०८२ सम्पन्न (तस्बिर सहित )

imagesimages

 

-केशब पन्थी ,अर्घाखाँची डटकम।

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मथुराधाममा वैदिक आचारसंहिता र सनातन धर्मबोध विषयक विशेष धर्म गोष्ठी २०८२ भव्य रूपमा सम्पन्न भएको छ

May be an image of temple and wedding

वैदिक आचारसंहिता सनातन धर्मबोध परिषदको आयोजनामा सम्पन्न उक्त गोष्ठी सनातन धर्म, वैदिक जीवन पद्धति, समाजमा धर्मको भूमिका, पण्डित तथा धर्मगुरुहरूको सामाजिक दायित्व जस्ता विषयमा केन्द्रित रहेको थियो। कार्यक्रममा अर्घाखाँचीसहित गुल्मी, पाल्पा, काठमाडौँलगायत विभिन्न जिल्लाबाट आएका धर्मगुरु, विद्वान पण्डित, ज्योतिषविद् तथा धार्मिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

May be an image of temple

गोष्ठीका प्रमुख वक्ता रुरु संस्कृत विद्यापीठ तथा गुल्मी जिल्ला ज्योतिष परिषदका अध्यक्ष शेषनारायण मरासिनीले वैदिक आचारसंहिता मानव जीवनको मार्गदर्शक भएको उल्लेख गर्दै सनातन धर्मले समाजलाई नैतिक, संस्कारित र अनुशासित बनाउने बताए।

May be an image of one or more people

उहाँले आधुनिक भौतिकवादी प्रवृत्तिले वैदिक मूल्य–मान्यतामा क्षय ल्याइरहेको प्रति चिन्ता व्यक्त गर्दै धर्म, संस्कार र संस्कृतिको संरक्षण अहिलेको अत्यावश्यक आवश्यकता भएको धारणा राख्नुभयो।

May be an image of temple and text

विशिष्ट वक्ता पण्डित हुमनाथ पन्थीले सनातन धर्म कर्मकाण्डमा मात्र सीमित नभई जीवन जीउने समग्र पद्धति भएको स्पष्ट पार्दै पण्डित र धर्मगुरुहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

May be an image of one or more people, sherpa coat and temple

धर्मलाई व्यवहारिक जीवनसँग जोड्न सके मात्र सामाजिक चेतना विस्तार हुने उहाँको भनाइ थियो।

No photo description available.

नेपाल पञ्चाङ्ग कार्यकारी निर्देशक लक्ष्मण पन्थीले वैदिक पात्रो, पञ्चाङ्ग र ज्योतिष शास्त्रको वैज्ञानिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै सनातन परम्पराले समय व्यवस्थापनदेखि जीवन सञ्चालनसम्म गहिरो योगदान दिएको बताए।

May be an image of one or more people, temple and text

त्यस्तै मथुरापीठका पीठाधीश गोकुल पौडेलले मथुराधाम ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थल रहेको उल्लेख गर्दै यस्ता धर्म गोष्ठीहरूले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

May be an image of one or more people

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ऋषप अधिकारीले स्थानीय सरकार धर्म, संस्कृति र परम्पराको संरक्षणमा सधैँ साथ दिने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमहरूले समाजमा सद्भाव, एकता र नैतिक चेतनाको विकास गर्ने बताए।

May be an image of one or more people, temple and text

मथुरा–काठमाडौँ सम्पर्क समिति अध्यक्ष नारायण भट्टराईले प्रवासमा रहेका मथुरावासीहरूलाई धर्म र संस्कृतिसँग जोड्न यस्ता कार्यक्रमले पुलको काम गर्ने धारणा राख्नुभयो।

May be an image of one or more people

त्यसैगरी मथुरा गोपेश्वर पीठ व्यवस्थापन समिति अध्यक्ष ढुडिराज अधिकारीले मठ–मन्दिर पूजा गर्ने स्थान मात्र नभई सामाजिक चेतना र संस्कार निर्माणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

May be an image of dais and text

गोष्ठीमा सहभागी अन्य विद्वान तथा पण्डितहरूले पनि वैदिक आचारसंहिता संरक्षण, युवापुस्तामा धार्मिक चेतना हस्तान्तरण, समाजमा देखिएका विकृति–विसंगति र नैतिक पतनविरुद्ध धर्मगुरुको भूमिकाबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

May be an image of one or more people and text

कार्यक्रममा पण्डित केवल पुरेतायी गर्ने व्यक्ति मात्र नभई समाजको चेतनाको अभिभावक भएको उल्लेख गर्दै धर्मगुरुहरूले सदैव समाजको हितमा अग्रसर हुनुपर्ने निष्कर्ष निकालिएको थियो।

May be an image of one or more people and temple

गोष्ठीको अध्यक्षता पण्डित सुरज पन्थीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण तथा सञ्चालन पण्डित ज्योतिष नवीन उपाध्यायले गर्नुभएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आयोजक संस्था, स्थानीय समुदाय तथा सहभागी सबैप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

थप तस्बिर :

May be an image of crowd

May be an image of one or more people, temple and wedding

May be an image of text

May be an image of ‎one or more people, temple and ‎text that says "‎परोहतं क ymPR राष्ट्रवोधे ॐ विशेष वेष्ठी ILUSUAIT ALUSUTt माम समस כש‎"‎‎

May be an image of temple and text that says "पराहिता कंवत कमंकाणडे, अप ដូ राष्ट्रवयांधे विशेष विशेषधर्मगोष्ठी EIIENADI धर्म गोष्ठी Sn -IIIIIN रध्ाग 3 A"

May be an image of one or more people, flute and temple

May be an image of one or more people, flute and sherpa coat

May be an image of text

May be an image of temple and text

May be an image of dais and text

May be an image of one or more people

May be an image of one or more people, temple and text

May be an image of one or more people, temple and text

No photo description available.

May be an image of temple and text

May be an image of temple and wedding

May be an image of flute

May be an image of temple and text

May be an image of one or more people and temple

#सनातनधर्म #वैदिकआचारसंहिता #मथुराधाम #धर्मगोष्ठी #सन्धिखर्क #अर्घाखाँची #धर्मसंस्कृति #NepalDharma #ArghakhanchiCom

 

Nepal life insurance

अन्य समाचारहरु