अर्घाखाँची: जनता आधारभुत विद्यालय नेपालीचौरका विद्यार्थिले पाए पहिलो पाइला नेपालको न्यानो माया (तस्बिर सहित )

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

पौष–२७,अर्घाखाँची –  जनता आधारभुत विद्यालय सन्धिखर्क–८, नेपालीचौरमा अध्ययनरत विद्यार्थिले न्यानो कपडा प्राप्त गरेका छन् ।

पहिलो पाइला नेपाल बुटवल शाखाको न्यानो माया अभियान अन्तर्गत विद्यालयको न्यानो पोशाक बितरण गरेपछि उक्त विद्यालयका ८२ जना बालबालिकाले न्यानो कपडा प्राप्त गरेका हुन् ।

May be an image of one or more people

शनिबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सामाजिक सेवाभावले न्यानो कपडा प्रदान गरिएको उक्त संस्थाका निवर्तमान अध्यक्ष सन्तोष बन्जाडेले जानकारी दिनुभएको छ ।

May be an image of one or more people and text

पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष गोमा भट्टराई, सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडे, सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे, वि.व्य.स.अध्यक्ष शिव प्रसाद पोख्रेल र प्र.अ.गिता वेल्बासेले विद्यार्थीलाई तातो कपडा बितरण गर्नुभएको हो ।

images

May be an image of one or more people, people smiling and text

कार्यक्रममा सन्धिखर्क नगरप्रमुख श्रेष्ठ, वडाध्यक्ष बन्जाडे, प्र.अ.बेल्वासे, पहिलो पाईला बुटवल शाखाका निवर्तमान अध्यक्ष बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो ।

images

May be an image of one or more people and text

विपन्न समुदायका बालबालिकाको उज्वल भविष्यलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम प्रति सबैको साथ रहेको उहाँहरुको भनाई छ । भविष्यमा पनि पहिलो पाइला नेपालसँग सहकार्य गर्दै थप समाजसेवाका कार्यहरू अगाडि बढाउने उहाँहरुको प्रतिबद्धता रहेको छ ।

images

May be an image of one or more people and grass

कार्यक्रममा पहिलो पाइला नेपाल बुटवल शाखाका प्रथम उपाध्यक्ष गौरव खनाल, सचिव रुद्र प्रसाद खनाल, न्यानो माया अभियानका कार्यक्रम संयोजक सोमनाथ खनाल सहित संस्थाका सदस्यहरू, सन्धिखर्क–२ का वडा सदस्य खिम बहादुर मुखिया, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय अगुवा तथा सरोकारवालाको उल्लेखनिय सहभागिता रहेको थियो ।

May be an image of one or more people and textimages

कार्यक्रममा आफ्नो जन्मोत्सवको अवसरमा न्यानो कपडा उपलब्ध गराउने पहिलो पाइला बुटवलका सदस्य गुल्मी घर भई हाल कोरियामा कार्यरत अर्जुन भण्डारीलाई आभार व्यक्त गर्दै उहाँको उत्तरोत्तर प्रगतिको शुभकामना ज्ञापन गर्दै समापन गरिएको थियो ।

Nepal life insurance

थप तस्बिर :

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people and text that says "E"

May be an image of one or more people, crowd and tree

May be an image of text

May be an image of text

#न्यानो_माया #पहिलो_पाइला_नेपाल #बालबालिका #शिक्षा #सामाजिक_सेवा #अर्घाखाँची #सन्धिखर्क #नेपालीचौर #विद्यार्थी #उपहार #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages