

यस्तो छ आजको मौसम पूर्वानुमान:
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ । विभागले हाल देशभर मौसम मुख्यतया सफा रहेको जनाएको छ ।


आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ भने देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
#मौसम #मौसम_पूर्वानुमान #कुहिरो #तराई #आजको_मौसम #ArghakhanchiDotCom



