

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा जान कार्यक्रम नरहेको सचिवालयले स्पष्ट गरेको छ ।

देउवाको सचिवालयका भानु देउवाले सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । साथै उनले उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गरेका छन् ।

बहुसंख्यक महाधिवेशन प्रतिनिधि सहभागी भएर आइतबारदेखि नेपाली काँग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा शुरु भएको छ भने आज बन्दसत्र हुदैछ ।
विशेष महाधिवेशनमा आइतबार मात्र २६६२ महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेकाले यस विशेष अधिवेशनले काँग्रेसको नेतृत्व परिवर्तन गर्नसक्ने देखिएको छ ।
#Deuba #BhrikutiMandap #NepalPolitics #Arghakhanchicom #arghakhanchi_com #OfficialNotice #BreakingNews
🌐 थप जानकारी: arghakhanchi.com



