अर्घाखाँची: राष्ट्रिय दलित पत्रकार संघको सातौँ स्थापना दिवस: समावेशी पत्रकारितामा जोड, सञ्चारकर्मी सम्मानित (तस्बिर सहित )

 

राष्ट्रिय दलित पत्रकार संघको सातौँ स्थापना दिवस: समावेशी पत्रकारितामा जोड, सञ्चारकर्मी सम्मानित।

-अनिल नेपाली ,अर्घाखाँची डटकम।

अर्घाखाँची, पौष २८ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सोमवार सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

May be an image of one or more people and text

लोकतन्त्रको मूल आधार समावेशिता, निष्पक्षता र तथ्यमा आधारित पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा दलित पत्रकारहरूको भूमिका, चुनौती र भावी कार्यदिशाबारे गहन अन्तरसंवाद गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले दलित पत्रकारहरूको क्षमता अभिवृद्धि, पत्रकारितामा समान पहुँच तथा व्यावसायिक स्वतन्त्रताको सुनिश्चिततामा राज्य र स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्र सुदृढ बनाउन समावेशी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दलित समुदायबाट आएका पत्रकारहरूले समाजका आवाजलाई निष्पक्ष र निर्भीक रूपमा उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

May be an image of one or more people, people studying and text that says "सन्धसवर्क नगरपालिका वडा CINDOSIRT अघांरयांच्री 3RRE 聞 សចាម់៉ិតដន राष्ट्रिव दलत पत्रकार संघ नेपास,लम्यिनी नेपाल, लुभ्विनी प्रदेशको सातौ दिवसको अवसरमा शुभकाम कार्यत्रर अन्त आ Te ー. ·ー"

त्यसैगरी विशिष्ट अतिथि एवं प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पत्रकारिता पेशा जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानले दिएको प्रेस स्वतन्त्रताको प्रयोग जिम्मेवारीपूर्वक गर्न आग्रह गर्दै दलित पत्रकारहरूले भोग्दै आएका संरचनागत चुनौती समाधानका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

May be an image of one or more people and text

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रिय सदस्य राधा नेपाली, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ठाकुर कुमार बिक, संयुक्त दलित अधिकारकर्मी विष्णु परियार, पत्रकार गणेश खनाल, शोभाखर पन्थी, प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै दलित पत्रकारहरूको हक–अधिकार, पेशागत सुरक्षा, सीप विकास तथा नेतृत्व तहमा पहुँच विस्तारका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

May be an image of one or more people and textimages

बक्ताहरूले तथ्यमा आधारित, समावेशी र उत्तरदायी पत्रकारिताले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने निष्कर्ष निकालेका थिए । राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता र बिक्रम नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका विभिन्न सञ्चारकर्मीहरूलाई सम्मान समेत गरिएको थियो ।

#arghakhanchicom #arghakhanchi_com #अर्घाखाँची #सन्धिखर्क #राष्ट्रिय_दलित_पत्रकार_संघ #समावेशी_पत्रकारिता #स्थापना_दिवस #सम्मान #पत्रकारिता #NepalNews #InclusiveMedia #JournalismDay

🌐 थप समाचारका लागि: **arghakhanchi.com** | **arghakhanchicom**

 

Nepal life insuranceimagesimages