वैकल्पिक राजनीतिबाट संसदीय प्रतिस्पर्धातर्फ अर्घाखाँचीका सुदन ज्ञवाली: रुपन्देही–२ मा रास्वपाको उम्मेदवार आकांक्षी (तस्बिर सहित )

 

-अर्घाखाँची डटकम सम्बाददाता ।

रुपन्देही – अर्घाखाँचीका सुदन ज्ञवाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार आकांक्षीका रूपमा अघि बढेका छन्। दशकभन्दा बढी समयदेखि वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय रहेका ज्ञवालीको यो निर्णयले रुपन्देहीको राजनीतिक वृत्तमा नयाँ बहस र चासो सिर्जना गरेको छ।

Nepal life insurance

युवा उद्यमी, सामाजिक अभियन्ता तथा संगठन निर्माणमा अनुभवी नेता ज्ञवाली नयाशक्ति, विवेकशील साझा हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको राजनीतिक यात्रामा निरन्तर सक्रिय रहँदै आएका छन्। पार्टी निर्माण, संगठन एकीकरण तथा वैचारिक बहसमा उनको भूमिका प्रभावशाली रहँदै आएको छ।

बुटवललाई कर्मथलो बनाउँदै अस्पताल, अटो–ल्याण्ड र पर्यटन विकासजस्ता क्षेत्रमा लगानी तथा व्यवसाय विस्तार गरेका ज्ञवालीले आर्थिक क्षेत्रका समस्या र सम्भावनालाई नजिकबाट बुझेका छन्। आर्थिक क्रियाकलापमै संलग्न रहँदै नीति निर्माण तहसम्म पुग्ने लक्ष्यसहित उनले राजनीतिलाई व्यवहारिक धरातलसँग जोड्नुपर्ने धारणा अघि सारेका छन्।

दर्जनौँ सामाजिक संघ–संस्थामा आबद्ध रहँदै आएका ज्ञवाली अर्घाखाँची हंसपुर समाजका पूर्व अध्यक्षसमेत हुन्। अर्घाखाँची र रुपन्देहीबीच सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धलाई मजबुत बनाउँदै आएका उनी रुपन्देही–२ का सैनामैना र बुटवलका अर्घाखाँचीबासी बहुल वडाहरूमा राम्रो परिचय र जनसम्पर्क राख्ने नेता मानिन्छन्।

रास्वपामा सार्वभौम पार्टी सदस्यको हैसियतमा सक्रिय ज्ञवालीले पार्टीको केन्द्रीय समिति गठन र प्रतिनिधित्वका विषयमा आफ्नो असन्तोष समेत सार्वजनिक गर्दै आएका छन्। जिल्ला तथा प्रदेशबाट केन्द्रीय निर्वाचन आयोग सदस्यमा सिफारिस भए पनि संगठनात्मक जटिलताका कारण नियुक्ति नलिएको उनको भनाइ छ।

“यो मेरो आकस्मिक निर्णय होइन,” ज्ञवाली भन्छन्, “दशकौँदेखिको वैकल्पिक राजनीतिक संघर्ष, त्याग र संगठन निर्माणको परिणामस्वरूप मैले उम्मेदवारीको आकांक्षा अघि सारेको हुँ।”

अघिल्लो निर्वाचनमा रुपन्देही–२ बाट रास्वपाले २७ हजारभन्दा बढी मत प्राप्त गर्दै सबै दललाई उछिनेको थियो। यसपटक एमालेका वरिष्ठ नेता विष्णु पौडेलसँग हुने सम्भावित प्रतिस्पर्धाले निर्वाचन झनै रोचक, प्रतिस्पर्धात्मक र अर्थपूर्ण बन्ने विश्लेषण भइरहेको छ।

राजनीतिमा नयाँ पुस्ताको सोच, आर्थिक समझदारी र वैचारिक स्पष्टता बोकेका सुदन ज्ञवाली रुपन्देही–२ को आगामी राजनीतिक समीकरणमा निर्णायक पात्र बन्न सक्ने सम्भावना देखिएको छ।

 

#SudanGnyawali #Rupandehi2 #RastriyaSwatantraParty #RSP #AlternativePolitics #YouthLeader #Arghakhanchi #Rupandehi #NepalPolitics #ElectionUpdate #arghakhanchicom #arghakhanchi_com

Nepal life insuranceimagesimages

अन्य समाचारहरु