आजको मौसम पूर्वानुमान: पश्चिमी वायूको आंशिक प्रभाव,तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो।

 

काठमाडौँ । जल तथा मौसम विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकि पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

#मौसम #मौसम_पूर्वानुमान #कुहिरो #तराई #पश्चिमी_वायु #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages