निर्वाचन आयोग अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास छः नवनिर्वाचित सभापति थापा

 

काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले कांग्रेसजस्तो ऐतिहासिक पार्टीको नेतृत्व गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनुभएको छ ।

काठमाडौंको भृकुटिमण्डपमा जारी महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापतिको रुपमा काँग्रेस नेता कार्यकर्ताको शिर निहुरिन नदिने संकल्प पनि गर्नुभयो । उहाँले पार्टीका सदस्यहरुको आत्मसम्मान र अभिमत जोगाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो । उहाँले पार्टी नफुटेको स्पष्ट पार्दै कसैले पनि यस्तो कुरा नगर्न आग्रह गर्नुभयो । १४ औँ महाधिवेशनमा निवर्तमान सभापति देउवालाई चुनेका प्रतिनिधिहरुले नै आफूलाई सभापतिमा चुनेको उल्लेख गर्दै पार्टी विभाजित नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली काँग्रेसको शान राख्छु ।’

सभापति थापाले निर्वाचन आयोगले विशेष महािधवेशनलाई वैधता दिनेमा विश्वस्त रहेको पनि बताउनुभयो । उहाँले संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठुलो विश्वास राखेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनैपनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने ठुलो विश्वास छ । निर्वाचन आयोगले प्रचलित कानून, पार्टी विधान र परम्परा हेर्छ । विधानमा प्रतिनिधिभन्दा माथि अरु कुनै संरचना भनेको छैन ।’

उहाँले सभापति देउवालाई सक्रिय राजनीतिबाट विदा लिनुपर्ने अडान दोहो¥याउनु भयो ।

 

#निर्वाचन_आयोग #सभापति_थापा #गगन_थापा #निर्वाचन_स्वतन्त्रता #चुनाव_निष्पक्षता #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages