आजको मौसम पूर्वानुमान: आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहने।

 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशका तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

#मौसम #मौसम_पूर्वानुमान #कुहिरो #तराई #आजको_मौसम #ArghakhanchiDotCom

Nepal life insuranceimagesimages