

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगाएको छ ।

नेकपाका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र–१ बाट चुनाव लड्ने भएका छन् भने अछाम—२ बाट शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै नेकपाले डोटीमा त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ भने डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर र बैतडीबाट परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । त्यस्तै बाजुराबाट प्रकाशबहादुर शाहलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपाले कैलाली-१ बाट रामलाल डगौरा थारु, कैलाली–२ बाट राजेन्द्र साउँद, कैलाली- ३ बाट विरमान चौधरी, कैलाली- ४ बाट हरि चौधरी उत्सव र कैलाली-५ बाट प्रेम आलेमगरलाई उम्मेदवार बनाएको छ । त्यस्तै कञ्चनपुर—१ बाट विना मगर, कञ्चनपुर—२ बाटमा लाल बहादुर खड्का र कञ्चनपुर—३ बाट मान बहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।



