अर्घाखाँचीमा संघीय निर्वाचनको औपचारिक माहोल सुरु: एक निर्वाचन क्षेत्र, बहुदलीय प्रतिस्पर्धा- राजनीतिक सरगर्मी उत्कर्षमा

अर्घाखाँचीमा संघीय निर्वाचनको औपचारिक माहोल सुरु, एक निर्वाचन क्षेत्र, बहुदलीय प्रतिस्पर्धा—राजनीतिक सरगर्मी उत्कर्षमा

 

अर्घाखाँची । आगामी संघीय निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँची जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा यसपटक मुख्य राष्ट्रिय दल, वामपन्थी शक्ति, नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबीच बहुदलीय प्रतिस्पर्धा हुने निश्चित भएको छ।

मुख्य दलले सार्वजनिक गरे उम्मेदवार

नेपाली कांग्रेसले अर्घाखाँचीबाट संघीय सांसद पदका लागि विष्णु खनाल ‘मुस्कान’ लाई उम्मेदवारका रूपमा अघि सारेको छ।यस्तै, नेकपा (एमाले) ले पिताम्बर भुसाल लाई आफ्नो उम्मेदवार बनाएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हरि प्रसाद भुसाल लाई उम्मेदवार घोषणा गर्दै जिल्लामा वैकल्पिक राजनीतिलाई बलियो ढंगले प्रस्तुत गर्ने संकेत दिएको छ।

वामपन्थी दल र स्वतन्त्र उम्मेदवारको पनि प्रतिस्पर्धा

वामपन्थी धारका विभिन्न दलहरूले पनि आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट – रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाबाट – पशुपति ढकाल , नेपाल कम्युनिस्ट पार्टीबाट – खेमबहादुर घर्ति मगर  यसैगरी, स्वतन्त्र उम्मेदवार रबि शाह को उम्मेदवारीको चर्चाले समेत चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

जिल्लाभर चुनावी गतिविधि तीव्र बन्दै 

उम्मेदवारहरूको नाम सार्वजनिक भएसँगै जिल्लाभर घरदैलो अभियान, मतदाता भेटघाट, राजनीतिक छलफल, संगठन विस्तार र प्रचार–प्रसारका कार्यक्रमहरू तीव्र रूपमा अघि बढिरहेका छन्। दलका शीर्ष नेता तथा स्थानीय कार्यकर्ताहरू गाउँ–टोलसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।

मतदाता केन्द्रित एजेण्डाको प्रतिस्पर्धा

रोजगारी, विकास निर्माण, सडक, शिक्षा, स्वास्थ्य, कृषि, युवाको भविष्य र सुशासन जस्ता विषयलाई केन्द्रमा राख्दै उम्मेदवारहरू मतदाताको विश्वास जित्ने प्रयासमा छन्।
विभिन्न दलका उम्मेदवारहरूले आ–आफ्ना एजेण्डा र दृष्टिकोण सार्वजनिक गर्न थालेपछि राजनीतिक बहस थप चर्किएको छ।

कसले जित्ला जनमत ?

अर्घाखाँचीमा यसपटक परम्परागत दल, नयाँ राजनीतिक शक्ति, वामपन्थी धार र स्वतन्त्र उम्मेदवारबीचको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
यसले मत विभाजनको सम्भावना बढाएको विश्लेषकहरूको भनाइ छ। आगामी निर्वाचनमा कुन उम्मेदवारले जनताको विश्वास जितेर बाजी मार्ने हो भन्ने चासो स्थानीयस्तरमा बढ्दै गएको छ।

Nepal life insurance

संघीय निर्वाचनको मिति नजिकिँदै जाँदा अर्घाखाँची राजनीतिक रूपमा थप सक्रिय बन्दै गएको छ। बहुदलीय प्रतिस्पर्धासँगै बढेको जनचासोले यसपटकको निर्वाचनलाई रोचक, प्रतिस्पर्धात्मक र निर्णायक बनाउने अपेक्षा गरिएको छ।

#अर्घाखाँचीचुनाव #संघीयनिर्वाचन #बहुदलीयप्रतिस्पर्धा #राजनीतिकसरगर्मी #एकनिर्वाचनक्षेत्र #चुनावीमाहोल #ArghakhanchiDotCom

 

Nepal life insuranceimagesimages

अन्य समाचारहरु