अर्घाखाँचीमा चुनावी सरगर्मी: प्रतिनिधिसभाका लागि १ लाख ७१ हजार मतदाता रहेको अर्घाखाँचीमा स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता


-अनिल नेपाली ,अर्घाखाँची डटकम।
अर्घाखाँची। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार बेलुका ५ बजेसम्म मनोनयन दर्ता गराउने उम्मेदवारहरूको विवरण निम्नानुसार रहेको छ:
क्र.सं. – उम्मेदवारको नाम / राजनीतिक दल / स्थिति :
| १ | पुष्कर नाथ आचार्य – प्रगतिशील लोकतान्त्रिक पार्टी
| २ | हरी प्रसाद भुसाल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
| ३ | पशुपति नाथ ढकाल- राष्ट्रिय जनमोर्चा
| ४ | रवि शाह – स्वतन्त्र
| ५ | सुर्य बहादुर गुरुङ- मंगोल नेशनल अर्गनाइजेशन
| ६ | पिताम्बर भुसाल – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
| ७ | राम बहादुर चौहान – नेपाली कम्युनिष्ट पार्टी
| ८ | विष्णु बहादुर गाहा -नेशनल रिपब्लिक नेपाल
| ९ | टुक बहादुर चेवाली – जनता समाजवादी पार्टी (एकल चिन्ह)
| १० | दुर्ग बहादुर भाट क्षेत्री -आम जनता पार्टी
| ११ | झविन्द्र फुल्लेल- राष्ट्रिय प्रजातन्त्र पार्टी
| १२ | खिम बहादुर घर्ती मगर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
| १३ | हिमाल भुसाल -स्वतन्त्र
| १४ | विष्णु प्रसाद खनाल मुस्कान- नेपाली कांग्रेस
| १५ | पम्फा श्रेष्ठ – स्वतन्त्र

चुनावी संरचना:
जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ जना मतदाता रहेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा १ सय २ मतदान स्थल र २ सय ९ मतदान केन्द्र रहेका छन्।उम्मेदवारी दर्तासँगै जिल्लाको चुनावी माहोल थप तातेको छ। प्रमुख दलहरूका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति देखिएकाले यसपटकको निर्वाचन निकै रोचक हुने अनुमान गरिएको छ।













#अर्घाखाँचीचुनाव #नेपालीकाँग्रेस #रास्वपा #एमाले #नेकपाकम्युनिष्ट #नेकपाएमाले #राष्ट्रियजनमोर्चा #स्वतन्त्रउम्मेदवार #माओवादी #जनमतपार्टी #अर्घाखाँचीराजनीति #ArghakhanchiDotCom



