डाभोसमा ट्रम्पको भाषण: ग्रीनल्याण्ड, युक्रेन, युरोप र चीन बारे के के भने ?

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा सम्बोधन विश्वका कैयौं विषयमा आफ्नो स्पष्ट धारणा राखेका छन् ।

ट्रम्पले ग्रीनल्याण्ड, विभिन्न देशमा लगाएको कर, नेटो र युरोप लगायत धेरै मुद्दाहरूमा बोलेका छन् । ट्रम्पले युरोपका नेताहरुकै अगाडी ग्रीनल्याण्ड अमेरिकालाई चाहिने बताएपनि आक्रमण गरेर भने नलिने स्पष्ट गरेका छन् ।

ट्रम्पले के के भने ?

युरोप: आफ्नो भाषणको सुरुमा, ट्रम्पले युरोप सही दिशामा नगएको बताए । उनले बढ्दो सरकारी खर्च, अनियन्त्रित सामूहिक बसाइँसराइ र अनन्त विदेशी आयातलाई दोष दिए ।

ग्रीनल्याण्ड: ट्रम्पले डेनमार्कबाट ग्रीनल्याण्ड प्राप्त गर्न तत्काल वार्ता गर्न चाहेको बताए । उनले अमेरिकाले मात्र यो विशाल भूमि, यो विशाल बरफको पाना जोगाउन सक्छ । ट्रम्पले डाभोसमा ग्रीनल्याण्डको बारेमा आफ्नो टिप्पणीबाट हेडलाइन बनाए, तर धेरै अवसरहरूमा उनले उल्लेख गरिरहेको टापुको नामको बारेमा अलमल्लमा परे । उनले कहिलेकाहीं ग्रीनल्याण्डको सट्टा आइसल्याण्ड भने । यसलाई आफ्नो भाषणको सबैभन्दा ठूलो कथन भन्दै ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्न बल प्रयोग नगर्ने बताए । उनले भने- ‘मलाई बल प्रयोग गर्नु आवश्यक छैन । म बल प्रयोग गर्न चाहन्न । म बल प्रयोग गर्दिन ।’

नेटो: ट्रम्पले ग्रिनल्याण्डको नियन्त्रण लिनाले नेटोलाई हानि पुर्‍याउने दाबीलाई अस्वीकार गरे। उनले भने- ‘हामी धेरै दिन्छौं र बदलामा धेरै थोरै पाउँछौं ।’

अर्थतन्त्र: ट्रम्पले संयुक्त राज्य अमेरिकाले आफ्नो राष्ट्रपतित्वको समयमा ‘आर्थिक चमत्कार’ अनुभव गरिरहेको दाबि गरे । उनले मुद्रास्फीति घटेको छ र आर्थिक वृद्धि पहिले कहिल्यै नदेखेको बताए  ।

कर: उनले यो आर्थिक प्रदर्शनको एउटा कारण विदेशी देशहरूमा उनीहरूले गरेको क्षतिको क्षतिपूर्ति गर्न लगाइएको कर भएको बताए ।

युक्रेन: ट्रम्पले युक्रेन बारे राष्ट्रपति पुटिनसँग कुरा गरिरहेको बताउदै उनले सम्झौता चाहेको आफुले बुझेको बताए । उनले आफुले राष्ट्रपति जेलेन्स्कीसँग पनि कुरा गरिरहेको र आफुलाई उनले पनि सम्झौता चाहने विश्वास व्यक्त गरे ।

चीनको वायु फार्म: ट्रम्पले चीनले ठूलो संख्यामा वायु टर्बाइनहरू उत्पादन गर्ने बताइए पनि आफुले चीनमा कतै पनि वायु फार्महरू फेला पार्न नसकेको बताए । यद्यपि, बीबीसीले यो दाबीलाई असत्य ठानेको छ । विश्वको सबैभन्दा ठूलो वायु फार्महरू मध्ये एक चीनको गान्सु प्रान्तमा अवस्थित छ ।

#ट्रम्पडाभोसभाषण #ग्रीनल्याण्ड #युक्रेन #युरोपचीन #ट्रम्पव्याख्यान #ArghakhanchiDotCom

 

Nepal life insuranceimagesimages