भारतको छत्तीसगढस्थित स्टिल प्लान्टमा विष्फोटः ६ जनाको मृत्यु, ५ घाइते

 

भारतको मध्य राज्य छत्तीसगढमा एउटा स्टिल प्लान्टभित्र भएको विष्फोटमा ६ जना कामदारको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिव १०१ किलोमिटर उत्तर–पूर्वमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको बकुलाही गाउँस्थित स्टिल प्लान्टभित्र उक्त विष्फोट भएको हो ।

अधिकारीहरूकाअनुसार प्लान्टको डस्ट सेटलिङ च्याम्बरमा विष्फोट भएको थियो । जसका कारण त्यहाँ उपस्थित कामदारहरूमाथि तातो धुलो खस्दा उनीहरू गम्भीर रूपमा जलेका छन् ।

प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई बताएअनुसार विष्फोटले प्लान्ट परिसरभित्र त्रास फैलाएको थियो र बाक्लो धुवाँ तथा आगोको ज्वालाका बीच कामदारहरू ज्यान जोगाउन बाहिर दौडिरहेका देखिएका थिए । अधिकारीहरूले यस विष्फोटको घटनाबारे विस्तृत अनुसन्धान गर्न आदेश दिएका छन् ।

#ArghakhanchiCom #India #Chhattisgarh #SteelPlantExplosion #BreakingNews #AccidentUpdate #NepalNews #Magh09 #WorldNews

Nepal life insuranceimagesimages

#ArghakhanchiCom #India #Chhattisgarh #SteelPlantExplosion #BreakingNews #AccidentUpdate #NepalNews #Magh09 #WorldNews