भारत–नियन्त्रित कश्मीरमा सैन्य सवारी साधन दुर्घटनाः १० को मृत्यु

 

भारतको डोडा जिल्लाको भदरवाह–चम्बा अन्तरराज्यीय सडक अन्तर्गत खन्नी टपमा सो दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनालगत्तै सेना र प्रहरीले शवहरू निकाल्न र घाइतेहरूलाई सहयोग गर्न संयुक्त उद्धार अभियान शुरु गरेका थिए ।

Nepal life insurance

प्राप्त रिपोर्टहरूकाअनुसार २० जना सुरक्षाकर्मी बोकेको बुलेट–प्रुफ सवारी साधन उच्च हिमाली क्षेत्रको पोस्टतर्फ जाँदै गर्दा चालकले नियन्त्रण गुमाउँदा २०० फिट गहिरो खाडलमा खसेको थियो ।

भारतमा क्षमताभन्दा बढी भार, सडकको खराब अवस्था र लापरवाहीपूर्ण सवारी चालनका कारण यस्ता घातक सडक दुर्घटनाहरू सामान्य हुने गरेका छन् । भारतका संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ डिसेम्बरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा हरेक वर्ष करिव १ लाख ७८ हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् र तीमध्ये करिव ६० प्रतिशत हताहत १८ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरू हुने गर्छन् । गत वर्ष मात्रै देशभर ४ लाख ८० हजारभन्दा बढी सडक दुर्घटनाहरू दर्ता भएका थिए ।

#ArghakhanchiCom #India #Kashmir #MilitaryAccident #BreakingNews #Casualties #NepalNews #Magh09 #WorldUpdate

Nepal life insuranceimagesimages