ट्रम्पद्वारा ग्रिनल्यान्ड प्राप्ति गर्ने अडानः डाभोसमा युरोप र नेटोको आलोचना

स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा एक विशेष सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने आफ्नो प्रयासलाई पुनः नवीकरण गर्नुभएको छ ।

Nepal life insurance

सो क्रममा उहाँले युरोप र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को आलोचना गर्दै ट्रान्स–एटलान्टिक सम्बन्धमा नयाँ तनाव सिर्जना गर्नुभएको छ । ग्रिनल्यान्डको विषयमा बोल्दै ट्रम्पले यस क्षेत्रलाई अमेरिकी स्वामित्वमा ल्याउन तुरुन्त वार्ताको आह्वान गर्नुभयो ।

यसलाई रणनीतिक राष्ट्रिय र अन्तर्राष्ट्रिय सुरक्षा हितको विषय बताउनुभयो । आफ्नो सम्बोधनमा ट्रम्पले आफूहरुले अत्यधिक शक्ति प्रयोग गर्ने निर्णय नगरेसम्म सायद केही नपाउने बताउनु भयो ।संयुक्त राज्य अमेरिकाले केवल ग्रिनल्यान्ड भनिने ठाउँ मागेको बताउँदै ट्रम्पले युरोप सही दिशामा अघि नबढिरहेको बताउनु भयो ।

नेटोमा खर्च बाँडफाँडको आलोचना गर्दै संयुक्त राज्य अमेरिकालाई अत्यन्त अन्यायपूर्ण व्यवहार गरिएको र साझेदारहरूको तुलनामा अमेरिकाले लामो समयदेखि बढी योगदान पुरÞ्याइरहेको दाबी गर्नुभयो ।  साथै उहाँले डेनमार्कबाट ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी प्रस्तावमा सहमति जनाउन नेटो सदस्य राष्ट्रहरूलाई दबाब दिनुभयो ।

#ArghakhanchiCom #Trump #Greenland #Davos #Europe #NATO #GlobalNews #Magh09 #WorldPolitics

 

Nepal life insuranceimagesimages