

काठमाडौं – नेपालस्थित भारतीय राजदुतावासले ७७ औँ गणतन्त्र दिवस मनाएको छ ।


भारतले हरेक वर्ष जनवरी २६ तारिखका दिन संविधान लागू भएको दिनलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९५० मा भारतको संविधान लागू भएपछि यो दिवस मनाउन थालिएको हो । यस वर्ष भारतले ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दूतावासले भारतीय डायस्पोरालाई विशेष निमन्त्रणा गरेको थियो । समारोहले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
#arghakhanchicom #arghakhanchidotcom #गणतन्त्र #नेपालभारत #समारोह



