बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा

 

दमक । रास्वपाका वरिष्ठ नेता बालेन शाहकी पत्नी सबिना काफ्ले झापा-५ मा घरदैलो शुरु गरेकी छन् ।

सबिनाले चुनावी प्रचारमा सक्रिय हुदै झापा- ५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् । उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न शुरु गरेकी छन् । बालेन सुदूरपश्चिम तर्फ जाने भएपछि झापा-५ मा सबिनाले चुनावी अभियानलाई निरन्तरता दिएकी छन् ।

यस अघि मनोनयन दर्ता गरेपछि बालेनले झापा-५ मा चुनावी गतिबिधिलाई तिब्रता दिएका थिए । बालेन ताप्लेजुङ, पाँचथर, इलामलगायतका पूर्वी जिल्लाहरुमा पुगेर नेता कार्यकर्ताको उत्साह बढाएका थिए ।

#arghakhanchicom #arghakhanchidotcom #बालेन #सबिना #झापा५ #चुनावी_प्रचार #राजनीति

Nepal life insuranceimagesimages