नेपाली फिल्मको बक्स अफिस रिपोर्ट: कुन फिल्मले कति कमाए ?

 

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ १० गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २३ लाख ८८ हजार ८२९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ३९ हजार २१७ टिकट बिक्री भएको छ ।

त्यसैगरी गोबर गणेशले एक करोड १४ लाख ३५ हजार २०६ कमाई गरेको छ । तुलनात्मक रुपमा यस फिल्ममा दर्शकको माया देखिएको छ । यस फिल्मको अहिलेसम्म ४० हजार २३४ टिकट बिक्रि भएको छ ।

त्यस्तै अर्को फिल्म भाइरल गोर्खेले ३४ लाख ५३ हजार ७६० कमाई गरेको छ र यस फिल्मको १० हजार ६०५ टिकट बिक्री भएको छ । त्यसैगरी मिरमिरेले ३३ लाख ७२ हजार ७१५ कमाई गरेको छ । साथै यस फिल्मको १० हजार ८१३ टिकट बिक्री भएको छ ।

#arghakhanchicom #arghakhanchidotcom #नेपालीफिल्म #बक्सअफिस #कमाइ

Nepal life insuranceimagesimages