बलिवुड फिल्म बोर्डर- २ को बक्स अफिसमा सुनामी, तीन दिनमै सय करोड नाघ्यो

 

काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो तीन दिनममा सय करोडको आँकडा पार गरेको छ ।

फिल्मले आइतबार भारतीय बक्स अफिसमा ५७.२० करोड कमाई गरेर कुल १२९.८९ करोड कमाई गरेको  बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले शुक्रबार ३२.१० र शनिबार ४०.५९ करोड कमाई गरेको थियो ।

करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो । त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो ।

बोर्डर- २ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ । अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी-सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो ।

#arghakhanchicom #arghakhanchidotcom #बोर्डर२ #बलिवुड #बक्सअफिस #सयकरोड

Nepal life insuranceimagesimages