इरानमा १०८ स्टारलिङ्क उपकरण जफत

 

काठमाडौँ । इरानमा प्रहरीले १०८ स्टारलिङ्क उपकरणहरू जफत गरेको छ ।

मिडिया रिपोर्टका अनुसार सरकारले इन्टरनेट बन्द गरेको समयमा संचालनमा आएका एलन मस्कको इन्टरनेट कम्पनि स्टारलिङ्कका १०८ उपकरणहरू जफत गरेको बताइएको छ । इरानमा इन्टरनेट अवरुद्ध १९औं दिनमा प्रवेश गरेको छ । स्थानीय प्रहरीले यसअघि कुर्दिस्तान प्रान्तमा ब्याकप्याकहरूमा लुकाइएका ५१ स्टारलिङ्क उपकरणहरू बरामद गरिएको थियो ।

इरानमा स्टारलिङ्क उपकरणहरू सुरक्षा खतरा भन्दै प्रतिबन्ध रहेको छ र कब्जामा रहेकाहरूले निश्चित रूपमा कडा कारबाहीको सामना गर्ने बताइएको छ ।

डिसेम्बरको अन्त्य र जनवरीको सुरुमा भएको सरकार विरोधी प्रदर्शनबाट मृत्यु हुनेको संख्या ६ हजार भन्दा बढी रहेको दाबि गरिएको छ ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #इरान #स्टारलिङ्क #उपकरणजफत #अन्तर्राष्ट्रिय #समाचार

Nepal life insuranceimagesimages