संसद् विघटन विरुद्धको मुद्दा माघ २० पछि सुनुवाइ हुने

 

काठमाडौँ ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी विचाराधीन मुद्दाहरूको सुनुवाइ आगामी माघ २० गतेपछि मात्र अघि बढाउने भएको छ ।

मंगलबार सर्वोच्च प्रशासनले रिट निवेदकहरूलाई आगामी माघ २० गतेका लागि साधारण तारिख दिएको छ ।

लिखित जवाफपछि प्रक्रिया अघि बढ्ने संसद् विघटनविरुद्ध दर्ता भएका १७ थान रिटमाथि संवैधानिक इजलासले यसअघि नै प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । अदालतको आदेश अनुसार अधिकांश विपक्षी (राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत) बाट लिखित जवाफ प्राप्त भइसकेको छ । सबै पक्षको लिखित जवाफ प्राप्त भएपछि मात्र अन्तिम सुनुवाइका लागि पेशी तोकिने कानूनी प्रक्रिया रहेकाले अदालतले २० गतेको तारिख तोकेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासमा ५ न्यायाधीशहरू रहनेछन् । यसअघि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै लिखित जवाफ आएको ७ दिनभित्र अन्तिम सुनुवाइको मिति तय गर्न आदेश दिएको थियो ।

संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले, नेपाली कांग्रेसका केही नेताहरू र विभिन्न कानुन व्यवसायीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #संसदविघटन #मुद्धा #सुनुवाइ #माघ२० #राजनीति

Nepal life insuranceimagesimages