खुट्टामा संक्रमणपछि रवि लामिछाने शिक्षण अस्पताल भर्ना

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेका छन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले लामिछाने माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएकोले शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत रहेको जानकारी दिएका हुन् ।

Nepal life insurance

उनले भनेका छन्- ‘माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ । त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ ।’

उनले चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उनी पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराएका छन् ।

साथै, उनले अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआउन स्वकीय सचिव आचार्यले आग्रह गरेका छन् ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #रवि_लामिछाने #शिक्षण_अस्पताल #स्वास्थ्यसमाचार #खुट्टाप्रतिक्रमण

Nepal life insuranceimagesimages