अर्को नौसेनाको समुह इरानतर्फ जादैछ- ट्रम्प

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को अमेरिकी नौसेनाको समुह इरानतिर जाँदै गरेको बताएका छन् ।

उनले इरानले अमेरिकासँग सम्झौता गर्ने आशा पनि व्यक्त गर्दै जहाजहरूको अर्को समुह इरानतिर जाँदै गरेको बताएका हुन् । उनले इरान सम्झौतामा आउने आशा व्यक्त गरेका छन् ।

यसअघि, अमेरिकी राष्ट्रपतिले गत हप्ता पनि ठूलो अमेरिकी सैन्य समुह इरानतिर जाँदै गरेको बताएका थिए । अमेरिकी युद्धपोत अब्राहम लिंकन फारसी खाडीमा पुगिसकेको छ, जो आणविक शक्तिले चल्ने युद्धपोत हो । अब्राहम लिंकन युद्धपोत अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत विमान वाहकहरू मध्ये एक हो ।

इरानले सरकारी विरोधी प्रदर्सनमाथि दमन गर्दा ६ हजार भन्दा बढीको मृत्यु भएको दाबि गरिएको छ भने देशमा अहिले पनि इन्टरनेट बन्द गरिएको छ ।

यसैबीच बिग्रिदो अर्थव्यस्थाका बीच मंगलबार इरानी रियल अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । जस अनुसार एक अमेरिकी डलर बराबर १५ लाख इरानी रियल पुगेको छ

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #अमेरिका #ट्रम्प #इरान #नौसेना #अन्तर्राष्ट्रियसमाचार

Nepal life insuranceimagesimages