आसन्न निर्वाचनमा राष्ट्रको अस्तित्व जोगाउन सबै शक्तिहरु एकढिक्का हुनुपर्छः चित्रबहादुर केसी

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा भ्रम छर्नेहरुबाट सचेत रहन आम मतदातालाई आह्वान गर्नुभएको छ ।

Nepal life insurance

नयाँका नाममा नक्कली कुरा गर्ने र जनतामा भ्रम छर्नेहरु पनि निर्वाचनको मुखमा देखिएको उल्लेख गर्दै उहाँले उनीहरुबाट सचेत भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभएको हो । बुधवार बुटवलमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने कुरामा सबैलाई एकतावद्ध हुन पनि सचेत गराउनु भयो । उहाँले विगतमा पनि भ्रम छर्ने र चोटिका कुरा गर्नेहरुलाई सांसद बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनीहरुले जिताउने गल्ती मतदाताहरुले गर्न नहुने बताउनु भयो ।

अध्यक्ष केसीले भन्नुभयो,‘सबै देशभक्त, जनतान्त्रिक शक्तिहरुले, पत्रकारहरुले जनतालाई यथार्थ बताउनु गर्नुपर्दछ । अहिले राष्ट्र कुन मोडमा उभिएको छ ? त्यो कुरामा नेपाली जनतालाई अहिले सजग गराउनु पर्दछ । सचेत गराउनु पर्दछ । नयाँ नयाँ रुपमा नयाँ नयाँ कुराहरु गरेर विभिन्न खालका मान्छेहरु अहिले नेपाली जनतालाई भ्रममा पार्न जो आइरहेका छन । त्यसमा दृढतापूर्वक जनतालाई सजग गराउनु पर्दछ । र राष्ट्रको अस्तित्व जोगाउने कुरामा हामी सबै एक ढिक्का हुनुपर्दछ । र नेपाली जनतालाई पनि म यहीबाट आह्वान गर्दछु–विगतमा हामीले गल्ती कमजोरी गर्नेलाई पनि सांसद बनायौं । त्यसमा ती नेताहरु मात्रै जिम्मेवार छैनन मतदाताहरु पनि जिम्मेवार छन । अव पहिलेजस्तो लहलहैमा लागेर जसले उक्साउँछ, चोटिला कुरा गर्छ । जसले कृतिम कुरा गर्छ । जसले नक्कली कुरा गर्छ । उनीहरुलाई भोट हाल्ने काम नगरौ ।’

अध्यक्ष केसीले वर्तमान सरकार गैरसरकार संस्थाहरुले बनाएको जिकिर गर्दै उनीहरुबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने बताउनु भयो ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #चित्रबहादुरकेसी #निर्वाचन #राष्ट्र #राजनीति #समाचार

 

Nepal life insuranceimagesimages