चुनावी घोषणापत्र जारी गर्ने पहिलो दल बन्यो राष्ट्रिय जनमोर्चा। 

 

बुटवल – राष्ट्रिय जनमोर्चाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गर्ने दल जनमोर्चा पहिलो बनेको छ।

बुधबार बुटवलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल र जनकराज शर्मा तथा महासचिव मनोज भट्टले घोषणा पत्र प्रस्तुत गरे।

घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले विगतका गल्ती आगामी चुनावमार्फत सच्याउनुपर्ने बताए।
जनताले दलको घोषणा पत्र नहेरी हल्लाका भरमा भ्रष्ट र जनविरोधी व्यक्ति तथा पार्टीलाई जिताउँदा देश र जनताले दुःख पाएको केसीले बताए।

उनले देशमा अहिले विदेशी चलखेल गम्भीर रुपमा बढेको औँल्याउँदै राष्ट्रियताको रक्षा गर्न, वर्तमान संविधानको रक्षा, भ्रष्टाचारको विरोध, शुशासन र संघीयता खारेजीका लागि राजमोका उम्मेदवारहरूलाई जिताउन अपील पनि गरे।

महासचिव मनोज भट्टका अनुसार राजमोले सार्वजनिक गरेको घोषणा पत्र तीन खण्ड विभाजित छ।

पहिलो खण्डमा अध्यक्ष केसीको अपील राखिएको छ, जहाँ पार्टीका उम्मेदवारहरूलाई किन र के का लागि मतदान गर्ने प्रष्ट्रकरण छ।

यस्तै, दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्थाबारे विश्लेषण छ।

images

जनमोर्चाले कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको जेनजी आन्दोलन भएको विश्लेषण गर्दै आन्दोलनलाई विदेश शक्तिको आडमा हाइज्याक गरी देश जलाइएको आरोप लगाएको छ। यसलाई गम्भीर षडयन्त्रका रुपमा जनमोर्चाले औँल्याएको छ।

यस्तै, तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवाललाई स्थान दिइएको छ।

images

राजमोले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता हुन नहुने माग गरेको छ।

images

महासचिव भट्टका अनुसार विकास निर्माणबारे पनि घोषणा पत्रमा स्पष्ट खाका प्रस्तुत गरिएको छ।

जनमोर्चाले यातायात क्षेत्रको समग्र विकास, लुम्बिनी पुरातात्विक सहर निर्माण, पहाडबाट तराई झर्ने क्रम रोक्न पहाडमै आधारभूत विकास निर्माण, यातायात दुर्घटना न्यूनीकरण लगायतका सवाल उठाएको छ।

यस्तै, विदेशस्थित नेपालीलाई मताधिकारको व्यवस्था गर्न पनि घोषणा पत्रमार्फत जोडदार माग गरेको छ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #जनमोर्चा #चुनावीघोषणापत्र #राजनीति #निर्वाचन

Nepal life insurance

Nepal life insuranceimagesimages