

अर्घाखाँची — नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालारानी गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार तथा पार्टी अध्यक्ष पिताम्बर भुसालले अर्घाखाँचीबासीको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले जिल्लामा पूर्वाधार विकाससँगै पालिका स्तरमा निर्माण भएका अस्पतालबाट प्रभावकारी सेवा प्रवाह, सुविधासम्पन्न अर्घाखाँची अस्पतालको विकास, पर्यटन क्षेत्रको प्रवर्द्धन तथा नयाँ पुस्ताको माग अनुसार सेवा प्रवाह गर्न कानुनी व्यवस्था गरिने बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य तिलक मिश्रले जिल्लामा रोकिएका विकास निर्माणका काम सम्पन्न गर्न पिताम्बर भुसालको जित आवश्यक रहेको उल्लेख गर्नुभयो।

बैठकमा पालिका कमिटी अध्यक्ष बलराम भुसालले प्रस्तुत गर्नुभएको निर्वाचन कार्ययोजना सर्वसम्मतले पारित गरिएको छ। साथै, बैठकले शालिकराम आचार्यको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी, प्रेम पछाईको संयोजकत्वमा ९५१ सदस्यीय कमिटी तथा बालाराम भुसालको संयोजकत्वमा १५१ सदस्यीय कमिटी गठन गरेको छ। पालिका सचिव देविराम पोख्रेलले उक्त जानकारी दिनुभयो।
#नेकपा_एमाले #मालारानी_गाउँपालिका #विस्तारित_बैठक #अर्घाखाँची #राजनीति #नेपाल #एमाले_बैठक #स्थानीय_राजनीति #गाउँपालिका_समाचार #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



