भारतले नेपाललाई निर्वाचनका लागि दियो २५० एसयूभी र डबल–क्याब पिकअप

 

काठमाडौँ । भारतले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको दोस्रो खेप स्वरुप २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

विहिबार भारतका कार्यवाहक राजदूत राकेश पाण्डेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधनहरु नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको अनुरोधका आधारमा भारत सरकारले आगामी निर्वाचनको तयारीका लागि सवारी साधन र अन्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको भारतीय दुताबासले जनाएको छ । यस्तो सहायताको पहिलो खेप गत माघ ६ गते उपलब्ध गराएको थियो र आगामी हप्ताहरुमा थप सामग्रीहरु उपलब्ध गराइने बताएको छ ।

#IndiaNepal #Election2026 #SUVDonation #DoubleCabPickup #NeighborSupport #NepalElection #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages