

सन् २०२५ मा मलेसियाको पर्यटन क्षेत्रले ऐतिहासिक सफलता हासिल गर्दै ४ करोड २२ लाख पर्यटक भित्र्याएको छ । मलेसियाका उपप्रधानमन्त्री अहमद जाहिद हमिदीकाअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ११.२ प्रतिशत र कोभिड महामारी पूर्वको सन् २०१९ को तुलनामा २०.४ प्रतिशतले बढी हो ।

सरकारी समाचार एजेन्सी बर्नामाले उल्लेख गरेअनुसार पर्यटन र संस्कृति मन्त्रिपरिषद् समितिको बैठकपछि उपप्रधानमन्त्री हमिदीले यो उपलब्धिलाई आगामी भिजिट मलेसिया २०२६ अभियानका लागि एउटा मजबूत आधार को रूपमा व्याख्या गर्नुभयो । उहाँले पर्यटन उद्योग देशको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख इन्जिनका रूपमा स्थापित भएकोमा जोड दिनुभयो ।


यस क्षेत्रको वृद्धिलाई दीर्घकालीन आर्थिक शक्तिमा बदल्न सरकारले हो–अफ–गभर्नमेन्ट (सबै सरकारी निकायको एकीकृत परिचालन) अवधारणा अपनाएको छ । यस रणनीति अन्तर्गत सबै मन्त्रालय र विभागहरूबीच समन्वय सुदृढ गरी अन्तर्राष्ट्रिय पर्यटकको संख्या बढाउनुका साथै उनीहरूको बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने क्षमतालाई अधिकतम बनाउने लक्ष्य राखिएको छ ।
#मलेसिया #पर्यटन #विश्वपर्यटन #अर्थव्यवस्था #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



