

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसको विकास र अधिकारका लागि कांग्रेस नै मुख्य शक्ति भएको दाबि गरेका छन् ।
शुक्रबार धनुषा-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले नेपालको सबैभन्दा ठुलो मधेसवादी पार्टी नै कांग्रेस भएको दाबी मधेसको विकास र अधिकारका लागि लड्ने बताएका हुन् ।

काँग्रेसलाई नयाँ बनाएर चुनावमा आएको बताउदै सभापति थापाले काँग्रेसका सबै उम्मेदवारलाई मधेसबाट जिताउन आग्रह गरे । उनले काँग्रेसका नेता कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्तालाई केहि नभन्न निर्देशन दिदै काँग्रेस देश जोड्ने शक्ति भएकोले आफ्ना कुरा राखेर चुनाव प्रचार गर्न निर्देशन समेत दिए ।

उनले यो पटकको कांग्रेस फरक सोच र शैलीका साथ आएको भन्दै पार्टीभित्र कुनै गुटबन्दी नरहेको स्पष्ट गरे । रुख चिन्ह लिएर उम्मेदवार बनेपछि व्यक्तिगत असन्तुष्टि बिर्सेर एक ढिक्का हुन उनले आग्रह गर्दै सभापति थापाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने बताए ।



