खगेन्द्र सुनारको विवादित अभिव्यक्ति बारे रास्वपाले के भन्यो ? (विज्ञप्तिसहित)

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खगेन्द्र सुनारको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधेको स्पष्ट गरेको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले नेता सुनारको रास्वपामा आउनु अघिको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक- सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसकेको बताउदै सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उनले क्षमायाचना गर्दै आत्मलोचना समेत गरेको बताएका छन् ।

Nepal life insurance

महामन्त्री बुर्लाकोटीले भनेका छन्- ‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक- सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु-पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको” प्रष्ट पारिसक्नुभएको छ। सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ ।’

उनले पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको बताएका छन् । साथै सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतिकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको उनले बताएका छन् ।

बुर्लाकोटीले रास्वपाको विधान र प्रस्तावनाले ‘नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक-सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मान” लाई आफ्नो मूल मर्म मानेको छ। हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र “राष्ट्रिय एकता” लाई अक्षुण्ण राख्न सधैं कटिबद्ध रहेको स्पष्ट गरेका छन् ।

साथै उनले रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वहरूको पक्षमा छैन र नरहको बताउदै रास्वपाका उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र होइन, भोलिको संसदमा संयमित, मर्यादित र देशको विधि-विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेमा विश्वास दिलाउन चाहेको उल्लेख गरेका छन् ।

(विज्ञप्ति): 

#खगेन्द्रसुनार #रास्वपा #विवादितअभिव्यक्ति #राजनीति #समाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages