

पोखरा । आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता हुदै छ । नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुदैछन् । पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ ।

पहिलो खेल बंगलादेश र भुटानबीच अपराहन्न १२ बजेदेखि शुरु हुने छ भने दोस्रो खेल दिउसो ३ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।
त्यस्तै फेब्रुअरी २ मा बंगलादेश र भारत तथा नेपाल र भुटानबीच खेल हुदैछ । त्यसैगरी फेब्रुअरी ४ मा भारत र भुटान तथा बंगालदेश र नेपालबीच खेल हुदैछ । यी खेलपछि शिर्ष स्थानमा रहेका दुई देश फेब्रुअरी ७ मा फाइनल हुने छ ।



