

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै काँग्रेसको नियमित महाधिवेशन भइसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गर्नुभयो । उहाँले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताउनु भयो । पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०÷४० को भागबण्डा अब सकिएको बताउनु भयो । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गर्नुभयो । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘अब नयाँ स्थानीय चुनाव भन्दा नयाँ प्रदेशको चुनाव भन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ । नेपाली काँग्रेसको नयाँ अधिवेशनले पार्टीका सबै कुराहरु, चुनावको टिकट प्राइमरीबाट वडाको साथीहरुले छान्नुहुन्छ, तलको साथीहरुले छान्नुहुन्छ । प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु पर्दैन । पार्टीमा कुनै गुट पनि छैन । हिजोको जस्तो ६०÷४० सकियो अब । काँग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन । सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्छ । नागरिक र पार्टीलाई बलियो बनाउने अभिायन पार्टीभित्र शुरु भएको छ । यो बदलिँदो काँग्रस हो । पार्टी सभापतिको अध्याँरो कोठामा कोहीसँग पनि सम्बन्ध हुँदैन ।’
सभापति थापाले काँग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउनु भयो । बदलिएको काँग्रेसले नेपाल बदल्ने संकल्प गरेर आएको बताउनु भयो ।
#सभापतिथापा #राजनीतिसमाचार #अधिवेशन२०८२ #प्रदेशनिर्वाचन #स्थानीयनिर्वाचन #NepalPolitics #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



