दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्ः अध्यक्ष ढकाल

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेण्डा स्थापित हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताउनु भयो । कुनैपनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उहाँले बताउनु भयो । नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रममा ढकालले आर्थिक मुद्दाहरु छाडेर राजनीतिक दलका नेताहरु एउटाले अर्काे दललाई नराम्रो देखाउने प्रचलन बढेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो–‘राजनीतिक दलका नेताले अर्काे दललाई नराम्रो देखाउने प्रचलन छ । नेगेटिभ कुराहरु अझ बढेर गएको छ । अर्कोलाई नराम्रो देखाएर आफू राम्रो बन्नुभन्दा पनि आफ्ना गतिविधि राम्रो गरेर अर्को भन्दा राम्रो हुनुपर्ने थियो तर त्यो हामी कहाँ त्यो अभ्यास देखिएन । निजी क्षेत्रप्रति हेर्ने धारणा पनि गलत हिसाबको छ । निजी क्षेत्रले कर तिर्दा, रोजगारी दिदाँ राज्यलाई धेरै सहयोग पुगेको छ ।  निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ? । मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन । डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ । उहाँले अन्तरमन्त्रालयबीच समन्वयन नहुँदा धेरै समस्या पर्ने गरेको बताउनु भयो । कार्यक्रममा होटल एशोसिएशन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्बौ लगानी भएपनी उपयोग हुन नसकेको बताउनु भयो  ।  
अध्यक्ष शाहले भन्नुभयो–‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुप¥यो । नेपाल  टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुप¥यो ।’ 

अध्यक्ष शाहले  होटल क्षमताको पूर्ण उपयोग हुनेगरी सांसदहरुले नीति बनाइदिनुपर्ने बताउनु भयो ।  उहाँले पर्यटन, होटल  नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको समेत बताउनु भयो । 

कार्यक्रममा  निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले अब दलहरूले घोषणापत्र बनाउँदा केवल घोषणापत्रका लागि मात्रै बनाउने कि साँच्चिकै व्यवहारमा लागू हुने घोषणापत्र तयार गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष सिंहले भन्नुभयो–‘सबै दलहरूले ध्यान दिनुपर्ने कुरा के हो भने नेपाली जनता अब निर्वाचनमा मात्रै विश्वास गर्दैनन् । चुनाव त २०८२ मा हुन्छ, तर त्यसको परिणामभन्दा महत्वपूर्ण कुरा मुलुकको विकास हो, र त्यो विकास राजनीतिक एजेण्डामा मात्रै सीमित हुन सक्दैन ।’

उहाँले निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै स्टन्ट गरेर पूर्वाधार क्षेत्रलाई धराशायी बनाउन नहुने बताउनु भयो । सिंहले हिजो राजनीतिक एजेण्डालाई केन्द्रमा राखेर मात्रै छलफल हुने गरे पनि आर्थिक एजेन्डालाई दलहरूले आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । मूल रूपमा पुँजीको विकास र उदयलाई सही रूपमा पहिचान नगरी मुलुकको विकास सम्भव नहुने उहाँको भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्योग, पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकता दिनैपर्ने उहाँको भनाइ छ ।

#अध्यक्षढकाल #आर्थिकमुद्दा #घोषणापत्र #NepalPolitics #EconomicPolicy #राजनीतिसमाचार #PoliticalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages