बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिकालाई लक्षित अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित )

 

-अर्घाखाँची डटकम सम्बाददाता , बुटवल  ।

बुटवल — बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्याबारे प्रारम्भिक कक्षाका शिक्षक–शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people, speaker, suit and textNepal life insurance

पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार (२०८२ माघ १७ गते) श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बुटवल तथा आसपास क्षेत्रका करिब ४० भन्दा बढी विद्यालयका प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षक–शिक्षिकाको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of one or more people

कार्यक्रमका प्रमुख अतिथि टीकाराम न्यौपाने रहनुभएको थियो भने संस्थाका सह–सचिव प्रकाश पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका कार्यबाहक अध्यक्ष गौरव खनाल ले गर्नुभएको थियो। यस्तै, कार्यक्रम संयोजक संस्थाका सचिव रुद्र खनाल .रहनुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुद्र खनाल ले गर्नुभएको थियो।

May be an image of one or more people and text

कार्यक्रममा वरिष्ठ अडियोलोजिस्ट तथा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट मि. बिद्वान भुसाल, वरिष्ठ अप्टोमेट्रिस्ट मि. सन्तोष क्षेत्री र फिजियोथेरापिस्ट सुश्री रक्षा रेग्मी ले सहजीकरण गर्नुभएको थियो। विशेषज्ञहरूले अटिजम भएका बालबालिकामा देखिने प्रारम्भिक लक्षण, कक्षाकोठामा देखिने व्यवहार, पहिचानका उपाय तथा आवश्यक उपचार र सहयोगका विषयमा व्यवहारिक प्रस्तुतीकरण गर्नुभएको थियो।

May be an image of one or more people and text

सहकार्यका रूपमा श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टर प्रा.लि. रहेको उक्त कार्यक्रममा सहभागी शिक्षक–शिक्षिकाहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले प्रारम्भिक तहमा नै बालबालिकाको समस्या पहिचान गर्न सहज हुने प्रतिक्रिया दिएका थिए।

May be an image of one or more people, speaker, suit and text

आयोजक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखाले आगामी दिनमा पनि शिक्षा र बालबालिका केन्द्रित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

#बुटवल #अटिजमअभिमुखीकरण #शिक्षकशिक्षिका #InclusiveEducation #EducationNepal #SocialAwareness #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages