भारतले नेपाललाई दिने अनुदान रकम सय करोडले बढायो

 

काठमाडौँ । भारतले केन्द्रीय बजेटमार्फत नेपाललाई प्रदान गरिने विकास सहयोग रकम बढाएको छ ।

आइतबार भारतको संसदमा बार्षिक बजेट सार्बजनिक गर्दै अर्थमन्त्री निर्मला सितारमणले भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी हुन् ।  भारतले अघिल्लो बर्षको अनुदान भन्दा १०० करोड भारु बढाएको हो ।

भारतले दिएको अनुदान रकम नेपालको पूर्वाधार निर्माण, सीमा क्षेत्रका विकास आयोजना तथा सामाजिक क्षेत्रका परियोजनामा खर्च हदै आएको छ ।

बजेटमा भारतले यसपटक नेपालसँगै भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम बढाएको छ ।

#भारतनेपालसंबन्ध #अनुदानरकम #आर्थिकसहयोग #NepalIndiaRelations #DevelopmentAid #EconomicUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages