झापामा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध !

 

दमक । जिल्ला प्रशासन कार्यालय झापाले फागुन २१ मा हुने निर्वाचनमा कसलाई मत हाल्नु हुन्छ भनेर सोध्न निषेध गरेको छ ।

सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयले फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको बताउदै उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने बताएको हो ।

झापाको क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार बनेपछि झापा यस निर्वाचनको इपिसेन्टर बनेको छ । यसै सन्दर्भमा धेरै मिडिया झापा पुगेर पुगेर मतदातासँग मतदान बारे सोधपुछ गर्ने लागेपछि प्राशासनले सूचना प्रकाशित गरेर सचेत गराएको छ ।

 

 

Nepal life insuranceimagesimages